पेट्रोलियम पदार्थको मुल्यवृद्धि
काठमाडौं, फागुन ८। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो। हिजो राति १२ बजेदेखि नयाँ मूल्य लागू भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ। सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
(रासस)
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८ ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय