भक्तपुरमा सवारी दुर्घटना परी आठ बर्षिया बालिकाको मृत्यु
भक्तपुर, फागुन ८। भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीस्थित सडकमा बा.४ ख ७३५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सुडालस्थित बिएम इँटाभट्टामा काम गर्ने काभ्रे महाभारत गाउँपालिका-२ घर हुनुभएका सूर्य बहादुर मगरकी छोरी ८ वर्षीया बिनिता मगरको आइतबार बिहान मृत्यु भएको छ ।
गएराति उक्त टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी बिनिताको ख्वप अस्पताल च्यामासिंह हुँदै मध्यपुर अस्पताल ठिमीमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८ १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय