Kath khabar
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त, प्रर्दशनकारीमाथि पानीको फोहोरा

काठमाडौं, फागुन ८। एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी टेबल गर्ने सहमति भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको हो। एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा छाडेको छ ।

नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन भैरहेकोले यातायात आवतजावत अस्तव्यस्त भएको छ । अहिले नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त भएको छ ।  

नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update