Kath Khabar
विद्युत नियमन आयोगको अध्यक्षको कार्यक्षमताको छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं, फागुन ८। विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताको छानबिन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।

उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ पुस ८ गते आयोगको अध्यक्ष र सदस्यको कार्यक्षमताका कारण आयोगको काम, कर्तव्य, अधिकार र जिम्मेवारी वहन गर्न नसकेको विषयमा छानबिनका लागि समिति गठन गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update