
काठमाडौं, फागुन ८। साताको पहिको कारोबार दिन आज आइतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ३९ दशमलव चार अंकले घटेर २६ सय ९३ दशमलव १० सिमित रहँदा सेन्सिटिभ पनि चार दशमलव ९९ अंकले घटेर पाँँच सय १३ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ । दुई सय ३० वटा कम्पनीहरुको ५७ हजार चार पटकको कारोबारमा ७१ लाख २२ हजार दुई सय ९९ कित्ता शेयर खरिद किनबेच भएकाछन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब आठ करोड ६४ लाख ७४ हजार आठ सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये अन्य समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, सामलिङ पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रा.लि. नेपाल टेलिकम आदि परेकाछन् ।