Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन ९ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ९ गते सोमबार, तदनुसार ई.सं. २१ फेब्रुवरी २०२२, फागुन कृष्ण पञ्चमी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन शुभ रहने छ।  पारिवारिक सुख मिल्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ।  साझेदारी व्यापारमा मुनाफा हुनेछ।  

वृष  : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरमा रोग, आलस्य र कष्ट बढ्नेछ।  शत्रुहरु हाबी हुनेछन्।  औषधी  उपचारमा धन व्यय हुनेछ। 

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक मिलन र मिठो भोजन प्राप्त हुनेछ।  स्त्री सुख मिल्नेछ।  शरीरमा जोश , जागर र फुर्ति बढ्नेछ।  धन लाभ हुनेछ।  

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरानो मित्रसँग भेटघाट हुनेछ।  बोलीको प्रभाव बढ्नेछ।  अधुरा कार्य पुरा हुनेछ।  मानसिक तनाव र थकान बढ्न  सक्छ।  

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिनभर भागदौड बढ्नेछ।  खर्च अधिक बढ्नाले मानसिक तनाव बढ्न सक्छ।  व्ययको पराक्रमले शारीरिक उर्जा नष्ट हुनेछ।  

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक धन लाभ हुनेछ भने बोलीको प्रभावले सबैलाई आफुतिर आकर्षण गर्न सकिन्छ।  मिष्ठान्न भोजन प्राप्त हुनेछ। 

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा यहाँको दवदवा बढ्नेछ । नोकरीमा पदोन्नती तथा मानसम्मान प्राप्त होला । अनुहारमा कान्ति छाउनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयासमा ठूला ठूला कार्य सम्पन्न हुनेछन् । धनलाभ तथा मानपदवी प्राप्त हुनेछ । फसेको धन उठ्ने सम्भावना छ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
आकस्मिक धनलाभ हुनेछ । शरीरमा थकान र आलस्य बढ्नेछ । पुरानो रोगले सताउन सक्ला ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पितासँगको सम्बन्ध सुमधुर हुनेछ । दाम्पत्य सुख बढ्नेछ । व्यापार व्यवसायमा गरिएको लगानी लाभप्रद हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु बढेता पनि जीत यहाँकै हुनेछ । चिसोबाट हुने समस्याले सताउन सक्नेछ । यात्रामा कष्ट र धनहानी व्यहोर्नुपर्ला ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तानको कारण मानसिक तनाव बढ्नेछ । विद्यार्थीको मन पढाईमा लाग्ने छैन । आकस्मिक रुपमा धनको व्यय हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update