Kath khabar
काठमाण्डौँ नेपाल सुपर लिगको फाइनलमा, उपाधीका लागि धनगढीसंग भिड्ने

काठमाडौं, वैशाख ३० । ललितपुर सिटी एफसीमाथि तीन सुन्य गोलको शानदार जित हात पार्दैै काठमाण्डौँ रेर्जस नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको  छ। अब काठमाण्डौँले उपाधीका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै काठमाण्डौँले दुइ सुन्य गोलको अग्रता लिएको थियो । ८ औँ मिनेटमा ललितपुरका नुर्लान जोर्कोभिचले गरेको क्रशमा भिलेन पोसिन्कोभिचले खाली पोष्टमा समेत गोल गर्न सक्नुभएन । १५ औँँ मिनेटमा काठमाण्डौले मेसुके ओलुमोउको गोलमा अग्रता बनायो ।

कमल श्रेष्ठले ओलुमोउलाई लडाएपछि काठमाडौंले पेनाल्टीको मौका पाएको थियो । जसमा ओलुमोउ आफैले गोल गरेका हुन् । २२ औँ मिनटेमा उहाँको व्यक्तिगत दोस्रो गोलमा काठमाण्डौँले अग्रता दोब्बर बनायो । उहाँले बायाँ खुट्टाले गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याउनुभएको छ  ।

६० औँ मिनेटमा तेज तामाङले मध्य भाग भन्दा पनि पछाडि दिएको बललाई स्टेफेन विनोङ छातीमा नियन्त्रणमा लिएर काठमाडौंका लागि तेस्रो गोल गर्नुभयो । ललितपुरले त्यसपछि पनि गोल फर्काउन अवसर पाउँदा पनि सदुपयोग गर्न सकेन । ललितपुरले २४ घण्टा नबित्दै दोस्रो खेल खेलेको हो । उसले यस बुधबार बुटवल लुम्बिनीलाई हराउँदै क्वालिफार्यसमा प्रवेश गरेको थियो । प्रतियोगिताको बिजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ एक गते हुनेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update