काठमाडौं, फागुन ९ । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ सोरुम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ सोरुम आउटलेट विस्तार गरेको हो ।
बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छन् जसका सञ्चालक सेवक बुढाथोकी हुनुहुन्छ । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ । “लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । बनेपामा टाटा मोटर्स सिप्रदीको यो पहिलो सोरुम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकि सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं ।” \
नयाँ आउटलेट सञ्चालन सम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापतीले भन्नुभएको छ । ’हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरशीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रो लागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनीतिको प्रमुख हिस्सा पनि हो ।’
त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको बिक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ’बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महसुस गरिरहेका छौं ।
आज बनेपा डिलरशिप सेल्स सोरुमको सफलतापूर्वक उद्घाटन गरिएको छ । उद्घाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टाटा मोटर्स सँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालना सहित पूरा गर्न चाहन्छौँ ।’
अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धी परामर्श, खरिद तथा एक्सचेन्ज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ ।
बनेपाको नयाँ आउटलेटबाट बनेपा लगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्याइरहेको छ ।