
काठमाडौं, फागुन ९ । अघिल्लो दिन घटेको नेप्सेमा आज सोमबार भने सुधार देखिएको छ । नेप्से आज २५ दशमलव ४१ अंकले बढेर २७ सय १८ दशमलव ५१ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव १५ अंकले बढेर पाँच सय १८ दशमलव १९ अंकमा चढेको छ । दुई सय २४ वटा कम्पनीहरुको ४० हजार आठ सय ६९ पटकको कारोबारमा आज ४९ लाख ९२ हजार आठ सय ७९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।
कारोबार भएका कम्पनीहरू मध्ये आज युनाइटेड इदी मर्दी हाईड्रो पावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेकाछन् भने नेपाल बैंकको ऋणपत्र २०८५, एभरेष्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।