Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १० । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १० गते मंगलबार, तदनुसार ई.सं. २२ फेब्रुवरी २०२२, फागुन कृष्ण षष्ठी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धन लाभ हुनेछ।  व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ।  दाम्पत्य जीवन सुख तथा यात्रामा लाभ मिल्नेछ। 

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पढाईमा मन जानेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख प्राप्ती हुनेछ भने सिर्जनात्मक कार्यमा मन जानेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
पढाईमा सफलता साथै प्रेममा मधुरता बढ्नेछ।  सन्तान सुख मिल्नेछ।  नवीन कार्यमा मन जानेछ। 

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा अशान्ति र निराशा बढ्नेछ ।  पारिवारिक कलह बढ्नेछ। वादविवादमा नपर्नु नै बेस हुन्छ। \

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंहः वस्त्र आभूषण प्राप्त हुनेछ।  आफन्त तथा मित्रबाट सहयोग पाउन सक्नुहुनेछ ।  सुखद यात्रा तथा कार्य सिद्धि हुनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव बढ्नेछ।  उत्तम भोजन प्राप्त हुनेछ ।  परिवार तथा आफन्तसँग सुमधुर पल व्यतीत हुनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन सुखमय बित्नेछ।  मन प्रसन्न रहनेछ।  दाम्पत्य सुख प्राप्त हुनेछ ।  नयाँ वस्त्र आभूषण प्राप्त होला।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यको ख्याल राख्नु होला।  मन अशान्त रहनेछ।  आकस्मिक घाटा, रोग  र शत्रु भय रहनेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
व्यापार व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ।  दाम्पत्य सुख साथै पार्टनरबाट सुख प्राप्त हुनेछ।  सुखद यात्राको अवसर मिल्नेछ। 

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मन प्रसन्न रहनेछ ।  धन र स्वास्थ्य लाभका साथै सुख प्राप्ति हुनेछ।  शत्रु माथि विजय प्राप्त हुनेछ।  

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
रचनात्मक कार्य तथा कलाकारितामा मन जानेछ।  पढाईमा सफलताको साथ साथै प्रेमीसँग सुखद मिलन हुनेछ।  सन्तान सुख प्राप्त हुनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा अशान्ति तथा निराशा हुनेछ।  पारिवारिक कलह, मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। वादविवादबाट टाढै बस्नु होला।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

 


 

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update