
काठमाडौं, फागुन १०। साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से बढेको छ । नेप्से १७ दशमलव ४२ अंकले बढेर २७ सय ३५ दशमलव ९३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि चार दशमलव ३६ अंकले बढेर पाँच सय २३ दशमलव १५ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको ४८ हजार एक सय ९५ पटकको कारोबारमा ६० लाख ८१ हजार छ सय दुई कित्ता खरिद बिक्री भएकाछन् । जसबाट आज तीन अर्ब २१ करोड २८ लाख ८७ हजार आठ सय २२ रुपैयाँको कारोबार हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये उत्पादनमूलक र लगानी समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका ११ वटा समुहहरूको सूचक बढेर हरियो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेकाछन् भने एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, सर्पोट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।