Kath khabar
नेपाल बैंक निक्षेप संकलनमा पहिलो

काठमाडौं, फागुन १०। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरू मध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।

गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१ दशमलव २६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८ दशमलव ५१ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरू मध्ये १६ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर १० दसमलव ३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

नेपालभर नेपाल बैकले दुई सय १३ शाखाहरु, एक सय ४७ वटा एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्ष यता बैंकले छिटो छरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update