Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन ११ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ११ गते मंगलबार, तदनुसार ई.सं. २३ फेब्रुवरी २०२२, फागुन कृष्ण सप्तमी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भाग्यको साथ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नविन सिर्जनामा मन जानेछ । यात्रामा लाभ मिल्नेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दाम्पत्य जीवनमा केहि अनबन रहनेछ । दिनभर भागदौड बढ्नेछ । व्यापारमा नयाँ लगानी नोक्सानदायक हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपिनमा साबधानी अपनाउनुपर्नेछ । बोलीको कारण शत्रु बढ्ने तथा गलत निर्णयले धनहानि हुन सक्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विद्यार्थीको लागि पढाईमा मन जानेछैन । पार्टनरसँगको सम्बन्ध सुमधुर रहनेछ । सन्तानबाट केहि पिडा र तनाव व्यहोर्नुपर्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च अधिक हुनाले घरमा तनाव बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक व्यक्तिको लागि दिन शुभ छ । =

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कठिन परिस्थितिका बाबजुत सन्तोषजनक आर्थिक लाभ मिल्नेछ । भागदौड बढ्नेछ भने नयाँ काम प्रारम्भ गर्न आजको दिन ठिक रहनेछैन ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार व्यवसायमा सोचेभन्दा धेरै लाभ मिल्नेछ । सबैतिर कामको तारिफ सुन्न पाइनेछ । वक्सिस वा उपहार प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
ढिलै भएपनि भाग्यले साथ दिनेछ । मान्यजनका कुरा नमान्ने र धर्ममा आस्था कम हुनाले बन्न आँटेका कार्य बिग्रनेछन् ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
दिन प्रतिकुल रहनेछ । दिनभर मानसिक तनाव र खर्चमा वृद्धि हुनेछ । अनावश्यक झमेला आइलाग्न सक्छ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलीको प्रभावले आयमा बृद्धि हुनेछ । विपरीत लिङ्गीबाट साथ र सहयोग मिल्नेछ । कार्यमा केहि बिलम्ब हुनाले मानसिक तनाव बढ्न सक्छ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा विजय यहाँकै हुनेछ । चिसोले सताउन सक्नेछ । शत्रु बढेतापनि प्रत्यक्ष हानी पुर्याउन सक्ने छैनन् ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पढाईमा सफलता मिल्नेछ । यात्रामा लाभ मिल्नुका साथै सोचेका सम्पूर्ण कार्य सिद्धि हुनेछन् ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ०५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update