काठमाडौं, फागुन ११ । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० रुपैयाँ देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।
गज्जबको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागू भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीको गज्जबको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । सात दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र एक सय ६९ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले कर सहित मात्र दुई सय ६९ रुपैयाँमा सात दिनको समय सीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।
त्यसै गरी धेरै लामो सीमा समय रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समय सीमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र पाँच सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।
यस गज्जबको डेली जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले *१७१२३# डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ । गज्जबको डेली जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरूलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।