Kath Khabar
नेष्डो समृद्ध लघुवित्तको आठ करोड २८ लाख रुपैयाँको साधारण शेयरको बिक्री खुल्ला


काठमाडौं, फागुन ११ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण शेयरको बिक्री खुल्ला भएको छ । संस्थाले यही फागुन ११ गते अर्थात आज बुधबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको हो ।

बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको संस्थाको शेयर बिक्री कार्य छिटोमा यही फागुन १५ गते र ढिलोमा यही फागुन २५ गते बन्द हुने छ । बिक्री गरिने कुल शेयर मध्येमा शुन्य दशमलव पाँच प्रतिशत अर्थात १२ हजार सात सय ५० कित्ता संस्थामा कार्यरत कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात ४१ हजार चार सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी सात लाख ७४ हजार पाँच सय ६३ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जनाएको छ ।

खरिदकर्ताहरुले भने न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । जारी पुंजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । साधारण शेयर जारी गरेपश्चात भने संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ नै पुग्नेछ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update