
काठमाडौं, फागुन ११। नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने १५ दशमलव पाँच अंकले घटेर २७ सय २० दशमलव ४३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव २२ अंकले घटेर पाँच सय १७ दशमलव ९३ अंकमा खुम्चिएको छ । दुई सय २८ वटा कम्पनीहरुको ४८ हजार नौ सय ११ पटकको कारोवारमा आज ६२ लाख ४७ हजार सात सय ७४ कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचमा आधारमा आज कारोवार रकम तीन अर्ब १३ करोड १२ लाख १० हजार दुई सय ८२ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये जलबिद्युत र सामुूहिक लगानी कोष समुहको सुचक बढेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरुको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज दिव्येश्वरी हाईड्रो पावर कम्पनी, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने प्राईम कर्मसियल बैंकको ऋणपत्र, गुराँस लघुवित्त वित्तीय संस्था, युनाईटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल टेलिकम, घलेम्दी हाईड्रो पावर कम्पनी, बरुण हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।