कलाकार पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता
काठमाडौं, फागुन ११। अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ। शाहविरुद्ध कास्की घर भएकी १७ वर्षकी गायिकाले आफूलाई जबरजस्ती करणी गरेको भनेर जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गर्नुभएको हो ।
जाहेरीमा गायिकाले शाहले आफूलाई बिहे गर्छु भनेर फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । शाह विरुद्ध कानुनी प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ ।
करणी सम्बन्घी सजायको व्यवस्थामा मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमति मै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८ २०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय