Kath khabar
सामसङ्गले नेपालको बजारमा ग्यालेक्सी S22 सिरिज ल्यायो

काठमाडौं, फागुन ११। नेपालको सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्रान्ड सामसङ्गले आजदेखि नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएका छन् । ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो-स्तरको क्यामराका साथमा आइकोनिक एस-पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । आकर्षक एवं दिगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भूत क्यामराहरु रहेका छन् ।

“ग्यालेक्सी एस २२ सिरिजलाई प्रस्तुत गरेर हामीले नियमहरूको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कतिसम्म गर्न सक्छ भन्ने प्रस्ट्याउन चाहिरहेका छौं । पहिलो पटक, ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगैं ल्याएको छ । ग्यालेक्सी एस २२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ । ग्यालेक्सी एस २२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको छ, जसले तपाईंको हरदिनलाई भव्य बनाइदिनेमा हामी विश्वस्त छौं ।” सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले बताउनुभयो ।

ग्यालेक्सी एस २२ अल्ट्राः सामसङ्गद्वारा प्रस्तुत हालसम्मकै सर्वाधिक शक्तिशाली फोन
ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन हामीले निर्माण गरेको मध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभएस पेन हो । ७० प्रतिशत कम बिलम्बताका साथ तपाईंले आफ्नो एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वभाविक रुपमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नु हुन्छ । एस पेनका साथ एस २२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । परिणामतः यसभन्दा अघि कहिल्यै नभएको मोबाइल अनुभव। अद्वितीय क्यामरा लेन्सहरु र धातुको चिल्लो फ्रेम जसले ऐनाको स्वरुप प्रदान गर्दछ, त्यस्तो विशेषता भएको ग्यालेक्सी एस २२ अल्ट्राले अत्याधुनिक डिजाइनको उत्कृष्टता दर्शाउँछ । आकर्षक सिसा र मिहिन फिनिसिङ्गले एस २२ अल्ट्राको पुनःकल्पित रेखीय, प्रवाहित आकारमा एक सुन्दर स्पर्श थपेको छ, जसले ग्यालेक्सी नोटको प्रतिष्ठित तीखो कोणहरुलाई पूर्ण पार्छ ।


 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update