Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १२ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १२ गते बिहिबार, तदनुसार ई.सं. २४ फेब्रुवरी २०२२, फागुन कृष्ण अष्टमी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक लाभ मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार तथा दाम्पत्य सुख मिल्नेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा प्रसन्नता छाउनेछ । शत्रुमाथि बिजय प्राप्त हुनेछ । आकस्मिक धनप्राप्ति हुनेछ ।  

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
पढाईमा सफलता मिल्नेछ । प्रेमले नयाँ मोड लिनेछ । सिर्जनात्मक कार्यमा मन जानेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा अशान्ति र निराशा छाउनेछ । पारिवारिक कलहले गर्दा मनमा तनाव बढ्नेछ । वादविवादबाट टाढै रहनुहोला ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन सुखमय बित्नेछ । धन तथा नवीन वस्त्र प्राप्त हुनेछ । पराक्रम बढ्नुुका साथै शत्रु परास्त हुनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन तथा धनलाभ हुनेछ । आफन्तको सहयोगमा सबै काम बन्नेछन् ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन यहाँको पक्षमा रहनेछ । सुख आनन्द र प्रसन्नता छाउनेछ । दाम्पत्य सुख प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
अनावश्यक यात्रा र खर्च हुनसक्छ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यर्थको कार्यमा समय, उर्जा र धन खर्च हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । विपरीत लिङ्गीबाट सहयोग मिल्नेछ । सन्तान सुख तथा स्त्री सुख मिल्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गरेका कार्य सिद्धि हुनेछन् भने उच्च मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ । स्वास्थ्य ठिक रहनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा सफल हुनेछ र भाग्यको साथले गरेका हरेक कार्य सिद्धि हुनेछन् ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा अशान्ति र छटपटि बढ्नेछ । शरीरमा रोग र कष्ट बढ्नुका साथै औषधी उपचारमा खर्च हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update