स्पेन, वैशाख ३१ । स्पेनिस लिग ला लिगामा रियल मड्रिडले, ग्रानाडालाइ चार एक गोलको फराकिलो अन्तरले पराजित गरेको छ । रियालले घरेलु टोली विरुद्ध १७ औं मिनेटमा नै लुका मोड्रिचको गोल मार्फत अग्रता लिएको थियो ।
सुरुवात देखी नै आक्रमक देखिएको रियालले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थप्यो । उसका लागि रोद्रिगोले एक्लो प्रयासमा सुन्दर गोल गर्नुभएको थियो । ७१ औं मिनेटमा भेट्रान ग्रानाडाका होरहे मोलिनाले रियल संगको दुरी दुइ एकमा झार्नुभएको थियो । तर उच्च फर्ममा रहेको जिनेदिन जिदानको टोलीलाइ थप गोल गर्न बाट रोक्न सकेन् ।
७५ औं मिनेटमा इडेन हाजार्डले मिलाइदिएको वलमा अल्भारो आद्रियोजोलाले टिमका लागि तेस्रो गोल गर्नुभयो । त्यसको एक मिनेट पछि करिम बेन्जिमाले गोल गर्नुभएपछि रियलले चार एक गोलको प्रभावशाली जीत हात पार्यो । बेन्जिमाले गोलकिपरको गल्तिको फाइदा उठाउदै करिब ४० यार्डबाट खाली नेटमा गोल गरेका थिए । यो जीतले शीर्ष स्थानको एट्लेटिको मड्रिड माथि दवाव बनेको छ । लिगमा दुइ खेल खेल्न बांकी हुदा एट्लटिकोको ३६ खेलबाट ८० अंक छ ।
दोस्रो स्थानको रियलको ७८ र तेस्रो स्थानको बार्सीलोनाको ७६ अंक छ । एट्लटिकोले आगामी आइतबार ओसासुनालाइ पराजित गरे र रियाल एट्लेटिक बिल्बाओ संग पराजित भए उपाधी जित्ने छ ।