Kath Khabar
५८ दशमलव ९९ अंकले घट्यो नेप्से, सबै सूचक रातै


काठमाडौं, फागुन १२ । नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ५८ दशमलव ९९ अंकले घटेर २६ सय ६१ दशमलव ४४ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ १० दशमलव ३६ अंकले घटेर पाँच सय सात दशमलव ५८ अंकमा खुम्चिएको छ । आज दुई सय २९ वटा कम्पनीहरूको ६५ हजार ११ पटकको कारोबारमा ८४ लाख ९० हजार छ सय ८९ कित्ता शेयर किनबेच भएकाछन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था, सनराइज म्युचुअल फण्ड, युनिलिभर नेपाल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने युनिभर्सल पावर लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, तेह्रथुम पावर लिमिटेड, कर्पोरेट डेभपलमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भन नेशनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update