जर्मन, वैशाख ३१ । जर्मन कपको उपाधी बोरुसिया डर्टमन्डले जितेको छ । गएराती भएको फाइनलमा डर्टमन्डले लाइपजिगलाइ चार एक गोलले पराजित गर्यो ।
डर्टमन्डको जीतमा युवा खेलाडीद्धय जेडोन सान्चो र अर्लिङ ब्राउट हालान्डले दुइ दुइ गोल गनुभएको थियो । सान्चोले पांचौ मिनेटमानै गोल गर्दै टिमलाइ अग्रता दिलाउनुभएको थियो । २८ औं मिनेटमा हालान्डले अग्रता दोब्बर बनाउनु भयो । इन्जुरी समयमा सान्चोले ब्यक्तिगत दोस्रो गोल गरेपछि एडिन ट्रेजिकको टोली तीन शुन्यले अघि रह्यो । ७१ औं मिनेटमा लाइपजिगका डेनी ओल्मोले सान्त्वना गोल गरेका थिए ।
८७ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमन्डलाइ चार एकको शानदार जीत सुनिश्चत गराउनुभयो । डर्टमन्डको यो पांचौ जर्मन कप उपाधी हो । अर्को सिजन बायर्न म्युनिखको नेतृत्व सम्हाल्न लागेका युलियन निगल्समन लाइपजिगका लागि पहिलो ठुलो उपाधी दिलाउन चाहनु हुन्थ्यो । तर सफल हुनुभएन । ३८ वर्ष एक सय ९५ दिनका एडिन भने सन १९९८–९९ पछि डर्टमन्डलाइ उपाधी दिलाउने सवैभन्दा कम उमेरका प्रशिक्षक बन्नुभयो ।