Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १३ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १३ गते शुक्रबार, तदनुसार ई.सं. २५ फेब्रुवरी २०२२, फागुन कृष्ण नवमी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भाग्यले साथ दिनेछ । यात्रामा सफलता मिल्नेछ । धैर्यको कमिले गर्दा काम बिग्रन सक्छ । ग्रह सुख प्राप्त हुनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भागदौड बढ्नेछ । व्यर्थको परिश्रमले समय र धन नाश हुनेछ र शारीरिक अस्वस्थता बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवनसाथीको साथ सहयोगले आर्थिक लाभ मिल्नेछ । पारिवारिक जमघटमा सामेल हुने मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । पुरानो रोगले सताउनेछ । वादविवादबाट टाढै रहनु वेश हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विदेशबाट केहि सुखद समाचार प्राप्त हुनेछ । सन्तानको स्वास्थ्य र शिक्षालाई लिएर मनमा तनाव बढ्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आम्दानीमा वृद्धि हुनेछ । गृह सुख मिल्नेछ भने जग्गा जमिन सम्बन्धी कार्यमा सफलता मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवसायमा सोचे जति लाभ लिन कडा परिश्रम गर्नुपर्नेछ । उच्च अधिकारीसँग वादविवाद हुन सक्ला । स्त्रीको सहयोगमा केहि काम बन्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ । धार्मिक कार्यले आर्थिक लाभ र कुटुम्ब माझ आफ्नो वर्चश्व बढाउनेछ । बोलीमा कठोरता आउनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
विदेश वा लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुनसक्नेछ । धैर्यताको कमीले गर्दा मानसिक अशान्ति बढ्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्ने तथा वादविवाद बढ्ने देखिन्छ । साझेदारी व्यापारमा नोक्सानी व्यहोर्नुपर्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
रोग शोक र भयले सताउनेछ । शत्रु वृद्धि भएतापनि जीत यहाँकै हुनेछ । आय आम्दानी मध्यम रहनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्व ज्ञान र विवेकको प्रयोगले उच्च अधिकारीको विश्वास जित्न सकिनेछ । नोकरीमा प्रमोसन वा मान पदवी प्राप्त हुनेछ । पढाई र प्रेममा सफलता मिल्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update