Kath khabar
रुसद्वारा युक्रेनमा क्रूर मिसाइल आक्रमण

कीभ, फागुन १३। रूसले युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट गरेको छ। रुसी आक्रमणपछि युक्रेनमा विनाश मच्चिएको छ । रुसले युक्रेनको राजधानी किभलाई घेरा हाल्ने योजना बनाएको छ। यसैबीच, युक्रेनको आणविक प्लान्ट रहेको चेरनोबिलमा अहिले दुई देशबीच युद्ध भएको खबर पनि आएको छ । युक्रेनका राष्ट्रपतिले पनि केही समयअघि रुसले चेर्नोबिलमा रहेको युक्रेनको आणविक प्लान्ट कब्जा गर्न खोजेको भनी बयान दिनुभएको थियो, जसको युक्रेनी सैनिकहरूले उचित जवाफ दिइरहेका छन् । युक्रेनका आन्तरिक मामिला मन्त्री एन्टोन गेराश्चेन्कोले कीभमा बिहानैदेखि कूल ६ वटा विष्फोट भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार यी विष्फोटहरू क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्रबाट गरिएको थियो। कारबाहीका क्रममा रुसी विमान पनि खसालेको बताइएको छ ।

युक्रेनका राष्ट्रपतिका अनुसार उनका सैनिकहरू सन् १९८६ को घटना फेरि नदोहोरियोस् भनेर लडिरहेका छन् । १९८६ मा, युक्रेनको चेर्नोबिल आणविक प्लान्टमा दुईवटा विस्फोटहरू जसले १.२५ मिलियन भन्दा बढी मानिसहरूलाई मारेको थियो, हिरोशिमामा खसालेको आणविक बम भन्दा २०० गुणा बढी विकिरण उत्सर्जन गरेको दाबी गरिएको छ।

रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की असहाय देखिन्छन् । अर्कोतर्फ अमेरिकी राष्ट्रपति बाइडेनले पनि हात उठाएका छन् । यसबारे जेलेन्स्कीले रुससँगको लडाइमा आफू एक्लै छाडिएको बताउनुभएको छ। उहाँले रुसी आक्रमणमा युक्रेनका १३७ जनाको ज्यान गएको र ३१६ जना घाइते भएको दाबी गर्नुभएको छ।  युक्रेनले पनि रुसविरुद्धको युद्ध लड्न सेनालाई एकजुट गरिरहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update