बेलायत, वैशाख ३१ । योर्गेन क्लोपले लिभरपुलको प्रशिक्षकका रुपमा पहिलो पटक म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा जीत हात पार्नुभएको छ । प्रिमियर लिगको गएराती भएको खेलमा लिभरपुलल युनाइटेडलाइ चार दुइ गोलले पराजित गरेको हो ।
लिभरपुलले, युनाइटेडको एक शुन्य गोलले अग्रता उल्ट्याएको थियो । दशौं मिनेटमा बुर्नो फर्नान्डेजले घरेलु टोलीका लागि गोल गर्नु भएको थियो । प्रतिस्पर्धात्मक खेलको ३४ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले बराबरी गोल फर्काए । इन्जुरी समयमा रोबर्टो फिरमिनोले गोल गरेपछि क्लोपको टोली पहिलो हाफमा दुइ एकले अघि रह्यो । ४७ औं मिनेटमा फिरमिनोले ब्यक्तिगत दोस्रो गोल गर्नुभएको थियो । ६८ औं मिनेटमा मार्कस र्यासफर्डले गोल गर्दै युनाइटेडको आश जगाउनुभएको थियो । तर ९० औं मिनेटमा मोहम्मद सालाहको गोल संगै लिभरपुलले चार दुइको नतिजा साथ खेल टुंग्यायो । सालाहको लिभरपुलका लागि २ सयौं खेल पनि हो । यो जीतले लिभरपुलको अर्को सिजन च्याम्पियन्स लिथमा छनोट हुने संभावना जीवीतै भएको छ ।
पांचौ स्थानमा रहेको लिरभपुलको ३५ खेलबाट ६० अंक छ । युनाइटेडले भने सन् १९५८ अप्रिल यता पहिलो पटक लिगमा लगातार दोस्रो खेलमा घरेलु मैदानमा हार बेहार्यो । अघिल्लो खेलमा युनाइटेड लेस्टर सिटीसंग पराजित भएको थियो । युनाइटेड र लिभरपुल बीचको खेल समर्थकको विरोध संगै सुरु भएको थियो । युनाइटेडका समथर्क क्लबको स्वामित्वलाइ लिएर विरोधमा उत्रिरहेका छन् ।