Kath Khabar
रिद्धी सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

काठमाडौं, फागुन १३। रिद्धी सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको विसं. २०७८ फागुन ५ गतेका दिन, ४५ वर्षको उमेरमा असामयिक निधन भएको छ । स्व. खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहनुभएको थियो । एक दीर्घकालीन सोच बोक्नुभएका सफल युवा उद्यमी तथा रिद्धी सिद्धि सिमेन्टका सञ्चालक खरेलको असामयिक स्वर्गारोहणले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षति पुगेको छ ।

विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धी सिद्धि सिमेन्ट, शंकर ग्रुप र अम्बे ग्रुपको भेन्चर हो । स्थापना कालको ५ वर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धी सिद्धि स्थापित भइसकेको छ । यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व. खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको छ । यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायुमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।

सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ । यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढिरहेका उहाँको अभाव कम्पनीका लागि मात्र नभइ समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाइ छ ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update