Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १४ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १४ गते शनिबार, तदनुसार ई.सं. २६ फेब्रुवरी २०२२, फागुन कृष्ण दशमी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ । व्यवसायमा सोचेजति लाभ मिल्न गाह्रो छ । स्वास्थ्य पनि प्रतिकुल रहनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरमा रोग र कष्ट बढ्नेछ । मनमा अशान्ति छाउनेछ । अनायास आउने संकटले कष्ट र आर्थिक व्यय बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापारमा लगानी गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा लाभ तथा यात्रामा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शत्रुमाथि विजय प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउनेछ । आय र व्यय समान हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यात्रामा बाधा र कष्ट व्यहोर्नुपर्नेछ । आज गरेका कार्यको परिणाम निराशाजनक हुनेछ । मन अस्थिर रहनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक कलहले मन अशान्त रहनेछ । अनावश्यक वादविवादले तनाव र निराशा बढाउनेछ । व्यर्थको यात्रा हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
नवीन वस्त्र तथा आभूषण प्राप्त हुनेछ । आफन्त र साथीभाईसँग मेलमिलाप बढ्नेछ । शत्रुमाथि बिजय प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
कुटुम्बसँगको सम्बन्धमा तिक्तता आउनेछ । स्वास्थ्य र पढाईमा वाधा आउनेछ । आर्थिक  घाटा पनि सहनुपर्ला ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
दिन अनुकुल रहनेछ । मन आनन्दित रहनेछ । आज उपहार तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अनावश्यक यात्राले समय र धन खर्च गराउनेछ । व्यर्थको कार्यमा समय र उर्जा खर्च हुनेछ भने स्वास्थ्य पनि बिग्रन सक्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
सन्तानबाट सुख प्राप्त हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विपरित लिङ्गीबाट विशेष सहयोग मिल्नेछ । 

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज मानसम्मान तथा पदवी प्राप्त हुनेछ शरीरमा नयाँ स्फूर्ति थपिनेछ भने कार्य क्षेत्रमा प्रशंसा र तारिफ मिल्नेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update