Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १५ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १५ गते आइतबार, तदनुसार ई.सं. २७ फेब्रुवरी २०२२, फागुन कृष्ण एकादशी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । स्वास्थ्यमा प्रतिकुलता रहनेछ भने धार्मिक चिन्तन बढ्नेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा अशान्ति छाउनेछ । स्वस्थ्य बिग्रन सक्नेछ ।  ।शरीरमा आकस्मिक रोग र कष्ट बढ्नाले तनाव र धन व्यय हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आर्थिक लाभ मिल्नेछ । व्यापार व्यवसायमा बढोत्तरी हुनेछ । दाम्पत्य सुख तथा यात्रामा लाभ हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा सुधार तथा आकस्मिक धन लाभले मनमा प्रसन्नता छाउनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा रुचि कम हुनेछ । यात्रामा कष्ट र निराशाको सामना गर्नुपर्नेछ । मन अशान्त रहनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक असन्तुष्टि बढ्नुका साथै मनमा चिन्ता बढ्नेछ । यात्रामा लाभ तथा अनावश्यक वादविवाद हुनसक्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
वस्त्र, अलंकार साथै धन प्राप्त हुनेछ । आफन्तको सहयोग मिल्नेछ । पराक्रम बढ्ने साथ शत्रुमाथि बिजय प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
डिप्रेसनले सताउनेछ भने बन्न आँटेको काम बिग्रने सम्भावना छ । पढाईमा मन जाने छैन । साथै स्वास्थ्य पनि समस्या आउन सक्ला ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
अनुहारमा कान्ती छाउनेछ । मन आनन्दित रहनेछ भने नवीन वस्त्र आभूषण प्राप्ति तथा दाम्पत्य सुख प्राप्ती हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अनावश्यक यात्राले समय र धन खर्च हुनेछ । स्वास्थ्य बिग्रन सक्नेछ । अनुत्पादक कार्यमा उर्जा खर्च हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीको प्रभावले व्यापारमा सोचे जस्तै लाभ मिल्नेछ । सन्तान सुख प्राप्त हुँनेछ भने मिष्ठान्न भोजन मिल्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज गरेका सम्पूर्ण कार्य सिद्धि हुनेछन् । कार्यक्षेत्रमा उच्च मान सम्मान तथा तारिफ मिल्नेछ । स्वास्थ्य अनुकुल रहनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update