प्रयोगमुद्धतं स्मृत्वा स्वप्रयुक्तं ततो हरः ।
तण्डुना स्वगणाग्रण्या भरताय न्यदीदिशत् ।।
लास्यमस्याग्रतः प्रीत्या पार्वत्या समदीदिशत् ।
बुद्ध्वाथ ताण्डवं तण्डोः मत्र्येभ्यो मुनयोवदन् ।।
काठमाडौं, फागुन १५। शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्येको एक ईश्वरको रुप हो। अन्य देवताहरू भन्दा फरक मानिएको शिवलाई त्रिदेवहरूमा संहारको देवता मानिन्छ। भगवान शिवलाई देवताका पनि देवता भएकाले महादेव तथा ईश्वरका पनि ईश्वर भएकाले महेश्वर भनिन्छ ।
धर्मशास्त्रका अनुसार ताण्डव भनेको शिवले गर्ने नृत्य हो। हिन्दु धर्ममा शिव ताण्डव स्तोत्रमको एकदमै प्रभावशाली महत्त्व छ, जसरी भगवानहरूका भगवान महादेवलाई पनि परमेश्वरहरुमा उच्च स्थान दिइएको छ, त्यस्तै गरी यस स्तोत्रलाई पनि विशेष मानिन्छ। यो विश्वास छ कि शिव ताण्डव स्तोत्र जप गरेर भगवान शिव चाँडै नै प्रसन्न हुनुहुन्छ र आफ्नो इच्छित वरदान उहाँबाट प्राप्त गर्न सकिन्छ।
ताण्डव एक शब्द हो जसको अर्थ वास्तवमा पूर्ण शक्तिले उफ्रनु हो। ताण्डवको समयमा व्यक्तिले आफ्नो पूर्ण शक्ति र उर्जासाथ शिवनृत्य (उफ्रने) गर्नुपर्छ। ताण्डव गर्दा मन शक्तिशाली हुनुका साथै मस्तिष्क पनि बलियो हुन्छ। शिवले दुई अवस्था धारणा गर्ने विश्वास गरिन्छ समाधि (अतिचेतन) अवस्था र ताण्डव अवस्था । समाधि अवस्था भन्नाले समाधि निर्गुण (अभौतिकीकृत) अवस्था हो र ताण्डव वा लास्य नृत्य अवस्था उहाँको सगुन बेलाको अवस्था हो।
कुनै खास घटना वा मुद्रालाई चित्रण गर्नको लागि गरिने शारीरिक गतिविधिलाई नातन वा नाट्य भनिन्छ। जसले यस्तो नातन गर्नुहुन्छ उहाँलाइ नाट (अभिनेता) भनिन्छ। परम्परागत रूपमा नटराजलाई नृत्यको प्रवर्तक मानिन्छ । शिवलाई संसारको शिक्षक मानिन्छ भने संसारलाई उहाँको नृत्य विद्यालय मनिन्छ।
नृत्यकार सँगसँगै शिवलाई एउटा महान पर्यवेक्षकका रुपमा पनि लिने गरिन्छ। उहाँले नृत्य आरम्भ गरेर ब्रह्माण्डमा गतिविधिहरू ल्याउने तथा सृष्टिलाई सपार्ने गर्नु भएको विश्वास रहेको छ। शिवले आफ्नो र (टण्डु भनेर चिनिने) उहाँका सेवकहरू मार्फत ऋषि भरतलाई उद्धत नृत्य देखाउनुभयो। उहाँले पार्वतीलाई भरत ऋषिको अगाडि ठूलो उत्साहका साथ लास्य नृत्य गर्न लगाउनुभयो। लास्य महिलाहरुद्वारा गरिने नाच हो, जसमा हात खुल्ला रहन्छ ।
ताण्डुले गर्ने नाच ताण्डव हो भन्ने बुझेर भरत ऋषि र अरूले पछि मानवजातिलाई यी नृत्यहरू सिकाए। शरीरको प्रत्येक कोशिकाबाट उत्सर्जित ध्वनि शिवतत्त्व प्रदान हुने नृत्यलाई ताण्डव नृत्य भनिन्छ। यो पुरुषहरूद्वारा गरिने नृत्य हो र यसमा विभिन्न मुद्राहरू समावेश हुन्छन्। उदाहरणका लागि ज्ञानमुद्रा औंलाको टुप्पोलाई हत्केलामा छोएर गरिन्छ। फलस्वरूप, बृहस्पति र शुक्रको टुप्पो जोडिन्छ । जसले पुरुष र महिलाको एकता दर्साउने गर्दछ।
एक नृत्यको ७ वटा प्रकारहरू रहेका छन् :
१) अनंद्तान्डव ( Anandatandav )
२) संध्यतान्डव ( Sandhyatandav )
३) कलिकतान्डव ( kaalikatandav )
४) त्रिपुरतान्डव ( tripuratandav )
५) घोउरितन्दव ( Gouritandav )
६) सन्हार्तान्डव ( Sanhartandav )
७) उमतान्डव (Umatandav )