
काठमाडौं, फागुन १५ । नेप्सेमा पहिलो कारोबार दिन आइतबार नै गिरावट आएको छ । आज नेप्से सात दशमलब ७३ अंकले घटेर २६ सय ५३ दशमलव ७० अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ७३ अंकले घटेर पाँच सय छ दशमलव ८४ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २४ वटा कम्पनीहरूको ४९ हजार छ सय ७० पटकको कारोबारमा ७० लाख ४० हजार पाँच सय ६३ कित्ता शेयर किनबेच भएकाछ । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २७ करोड ३० लाख ६५ हजार नौ सय १० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये जलविद्युत र अन्य समुहहरूको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेशनल हाइड्रो पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने युनिभर्सल पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेका छन्।