Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १६ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १६ गते सोमबार, तदनुसार ई.सं. २८ फेब्रुवरी २०२२, फागुन कृष्ण तृतिया तिथि) 

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गृह सुख प्राप्त हुनेछ । नयाँ मित्र बन्नेछन्, कार्यक्षेत्रमा सफलता तथा मानसम्मान मिल्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धर्मकर्ममा रुचि बढ्नेछ । भाग्यको साथले अपूरा कार्य पूर्ण हुनेछन् । छोटो दुरीको यात्रामा लाभ मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित धन नाश हुन सक्नेछ । शरीरमा रोग र आलस्यता बढ्नेछ । कुटुम्बसँग वादविवाद हुन सक्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य जीवन सुमधुर रहनेछ भने भेटघाटमा दिन बित्नेछ । साझेदारी व्यापारमा लाभ मिल्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज खर्चमा वृद्धि हुनेछ । धनमाल चोरी वा हराउने सम्भावना छ । शरीरमा रोग र कष्ट वृद्धि हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आम्दानीको नयाँ बाटो देखा पर्नेछन् । सिर्जनात्मक कार्यले नाम र दाम कमाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । 

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
नोकरी पेशाका व्यक्तिलाई मानसम्मान तथा पुरस्कार मिल्नेछ । नयाँ घर घडेरी तथा वाहन किन्ने योग परेको छ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक परिश्रम बढ्नेछ । आँटेका काम पुरा हुनछन् । कानको समस्याले सताउनेछ तथा व्यर्थको यात्रा हुन सक्छ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरीरमा रोग तथा आलस्यता बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद बढ्ने तथा आकस्मिक धनहानी हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीको साथ र सहयोग मिल्नेछ । साझेदारी व्यापारमा लाभ मिल्नेछ । ढिलै भएपनि सम्पूर्ण कार्य पूरा हुनेछन् ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन प्रतिकुल  रहनेछ । शरीरमा रोग र कष्ट बढ्नेछ भने शत्रुहरु हाबि हुनेछन् । वादविवाददेखि टाढै रहनु वेश हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यहाँको सिर्जनाले उचित सम्मान तथा तारिफ पाउनेछ । अध्ययनमा गति मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।  

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update