Kath khabar
भगवान शिवले किन गर्नुभयो गाँजा, भाङको सेवन ?

काठमाडौं, फागुन १६। भाङ, धतुरो तथा गाँजालाई भगवान शिवको प्रसादको रुपमा लिइन्छ। यही कारणले शिव भक्तहरूले यसको प्रयोग गर्ने गरेको तर्क रहेको छ। जब महादेव शिव (भगवानहरूका स्वामी) को बारेमा सोचिन्छ, उहाँलाई एक अनन्त शक्ति, पृथ्वीमा मानिसहरूको हेरचाह गर्ने अभिभावक र देवताहरू बीचको विवाद हुँदा समस्या समाधान गर्ने देवको रुपमा कल्पना गर्छौ। उहाँ एक कल्याणकारी भगवान हुनुहुन्छ जो  यस  संसारभरीको जीवको  प्रार्थना सुनिदिनु हुन्छ।  

दुर्भाग्यवश केही मानिसहरूले भगवान शिवलाई धुम्रपानको भाँडो र भाङ (cannabis) सेवन गरेको चित्रण गरेर भ्रमित पार्ने गर्छन् । मानिसहरूले शिवलाई भाङसँग जोडेको कुरामा सहमत त हौला, तर प्रश्न यो छ कि उहाँ किन त्यससँग सम्बन्धित हुनुहुन्छ ? भाङ सबैभन्दा पवित्र बिरुवाहरू मध्ये एक हो। चौथो वेदमा लेखिएको अनुसार यसले चिन्ता कम गर्छ। एक पवित्र बिरुवा भएकोले यो एक आध्यात्मिक र धार्मिक बिरुवाको रूपमा प्रयोग गरिन्छ।

यसबाहेक ‘समुन्द्र मन्थन’ को समयमा ‘हलाहल विष’ नामक घातक विष निस्कियो, जुन यति विषाक्त थियो कि यसले सम्पूर्ण सृष्टिलाई समाप्त गर्न सक्थ्यो । त्यसो नहोस् भनेर भगवान शिवले आफैले पूरै विष खानुभयो र यसको असर उहाँमा देखिँदै गयो। उहाँलाई शान्त पार्न तथा पीडा विषको पिडा भुलाउनको निम्ति अरु देवताहरूले उहाँलाई भाङ सेवन गर्न दिए। गाँजालाई शितलता प्रदान गर्ने पदार्थको रुपमा लिइन्छ । यसले शरीरको तापक्रम घटाउँछ। भाङ र धतुरो भगवान शिवसँग पनि नजिक भएको कारण भने यस्तो  थियो।

भगवान शिवलाई भाङ धतुरो चढाउनु उहाँको अभिषेक गर्नु हो । तर अर्को अर्थमा भाङ र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भाङ, धतुरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै शिवको सही अर्थमा आराधना हो ।

गाँजाको उपभोग संस्कृतिको एक हिस्सा हो भन्ने विश्वास गरिन्छ। गाँजाको सेवन धेरै जस्तो शिवरात्रीको दिन गरिन्छ। शिवरात्रि नेपालमा मात्र नभई विश्व भरका हिन्दु धर्मावलम्बी हरूले मान्ने गर्दछन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update