Kath Khabar
संसदमा एमसीसी पास भएपछिको नेप्से : नेप्सेमा ४३ अंंकले गिरावट, सबै सुचक रातै


काठमाडौं, फागुन १६ । एमसीसी पास भएपछि नेप्से बढ्ने अपेक्षा गरिएको भएपनि नेप्से भने आज सोमबार घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पनि ४३ दशमलव एक अंकले घटेर २६ सय १० दशमलव ६० अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ६४ अंकले घटेर पाँच सय दशमलव २१ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको छ । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनआईसी एशिया बैंक ऋणपत्र, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा तेह्रथुम पावर लिमिटेड, सामलिङ पावर कम्पनी, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपी पावर लिमिटेड, अपर तामाकोशी हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदि परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update