Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १७ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १७ गते मंगलबार, तदनुसार ई.सं. १ मार्च २०२२, फागुन कृष्ण चतुर्दशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यसिद्धि हुनेछ, मन प्रसन्न रहनेछ । ढिलै भएपनि सोचेका कार्य पुरा हुनेछन् भने आर्थिक लाभ मिल्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धार्मिक कार्यमा रुचि बढ्नेछ । यात्रा सफल र आनन्ददायक हुनेछ । भाग्यको पूर्ण साथ मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मन अशान्त रहनेछ । स्वास्थ्य बिग्रन सक्छ भने भागदौड केहि बढ्नेछ । शरीरमा रोग र कष्ट बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सुखमा बृद्धि हुनेछ । साझेदारी व्यापारमा मुनाफा बढ्नेछ । सुखद यात्रा र धनलाभ हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन प्रसन्न रहनेछ । शत्रुमाथि बिजय प्राप्त हुनेछ । धन तथा स्वास्थ्य लाभ हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अनावश्यक यात्राबाट बच्नुहोला । पढाईमा मन जाने छैन । मनमा अशान्ति र निराशा छाउनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक चिन्ता बढ्नेछ । वादविवाद बढ्न सक्नेछ भने व्यर्थको यात्रा पनि हुन सक्छ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तसँग भेटघाट र सम्बन्ध विस्तार हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा लाभ हुने देखिन्छ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
मानसिक तनाव बढ्नेछ । साथीभाईसँग सम्बन्ध बिग्रन सक्छ । गरेका कार्य अपूर्ण हुने तथा घाटाको सामना गर्नुपर्ने हुनसक्छ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन शुभ रहनेछ । अनुहारमा कान्ति छाउनेछ । धार्मिक कार्यमा मन जानेछ । सबैसँग मिठो बोली बोल्नुहोला ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
अनावश्यक यात्राले धन र समय खर्च हुनेछ । स्वास्थ्य बिग्रन सक्छ । व्यर्थको कार्यमा समय र उर्जा खेर जानेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यवसायमा लाभ मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ भने स्त्री सुख मिल्नेछ । सन्तानबाट पनि सन्तुष्टि मिल्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update