Kath Khabar
जोन्टा क्लव अफ काठमाडौंद्वारा कोभिड १९ विरुद्ध जुध्न परोपकार अस्पताललाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौं, वैशाख ३१ । कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको छ । यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरु जो कोभिडबाट संक्रमित छन् उनीहरुको लागि गम्भीर रहेको छ । यही कोभिडको संक्रमणको संख्यामा बढ्दै गएको प्रतिक्रियाको अनुरुप जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रसुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ । 

चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरियो । अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक पहल हो । जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भन्नुुभयो, “महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामी आशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ ।“ 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update