Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १८ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १८ गते बुधबार, तदनुसार ई.सं. २ मार्च २०२२, फागुन कृष्ण अमावश्या (औसी) तिथि

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आय आम्दानी बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । मान सम्मान प्राप्ती हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अपजस मिल्नेछ भने भागदौड पनि बढ्नेछ । पराक्रम बढेर जानेछ भने दिनको अन्त्यमा सबै कार्य सम्पन्न हुनेछन् ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यको साथले गरेका कार्य सफल हुनेछन् । आय आम्दानी बढ्नेछ साथै बोलीको प्रभाव बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शरीरमा रोग र कष्ट बढ्नेछ । अत्यधिक व्ययको कारण मानसिक तनाव बढ्नेछ । पुरानो रोगले सताउनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । उपचारमा धन खर्च हुनेछ । शत्रु बढ्ने तथा मालसामान हराउन सक्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पूरानो रोगले सताउनेछ । आज गरेको कारोबार नोक्सानदायक बन्नेछ । वादविवाददेखि टाढै रहनुहोला ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
पढाइमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । नविन सिर्जनाले मानसम्मान र पुरस्कार दिलाउनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
ढिलै भएपनि भाग्यले साथ दिनेछ । मान्यजनका कुरा नमान्ने र धर्ममा आस्था कम हुनाले आँटेका काम बिग्रनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
दिन प्रतिकुल रहनेछ । दिनभर मानसिक तनाव र खर्चमा बृद्धि हुनेछ । अनावश्यक झमेला आइलाग्न सक्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलीको प्रभावले आयमा वृद्धि हुनेछ । विपरित लिङ्गीबाट साथ र सहयोग मिल्नेछ । कार्यमा विलम्ब हुनाले मानसिक तनाव बढ्न सक्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा बिजयी हुनेछ । चिसोले सताउन सक्नेछ । शत्रु बढेता पनि प्रत्यक्ष हानी पुर्याउन सक्ने छैनन् ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पढाईमा सफलता मिल्नेछ । यात्रामा लाभ मिल्नुका साथै सोचेका सम्पूर्ण कार्य सिद्धी हुनेछन् । सन्तान सुख प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update