Kath khabar
युक्रेनलाई साथ दिँदै ७० जना जापानी पुर्वसेनाहरुद्वारा भोलेन्टियर सेनाका लागि आवेदन, विश्वभरबाट इच्छुकहरू थपिँदै

जापान, फागुन १८। युक्रेनी सरकारले रूससँग लड्न विदेशी स्वयम् सेवक सेनाका रुपमा भर्ती भई युक्रेनलाई सहयोग गर्न आह्वान गरे पश्चात विश्वका विभिन्न मुलुकका इच्छुक मानिसहरुले धमाधम आवेदन दिइरहेका छन् ।

यसै क्रममा मार्च १ तारिखसम्ममा ७० जना जापानीहरूले युक्रेनका लागि स्वयंसेवक सेनाका रुपमा भर्ना हुन इच्छुक भई आवेदन दिएको जापानी संचार माध्यमहरूले जनाएका छन् । लगभग ७० जापानीहरू स्वयंसेवा गरिरहेका छन्। जापानस्थित युक्रेनी दूतावासका एक अधिकारीले खुलासा गरेको भनिएको जानकारी अनुसार यसरी आवेदन दिनेहरू सबै पुरुष हुन्, र त्यस मध्ये धेरै जसो सेल्फ डिफेन्स फोर्सका पूर्व कर्मचारीहरू हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले फेब्रुअरी २७ मा स्वयंसेवक विदेशी सेना गठन गर्ने घोषणा गर्नुभएको थियो । सोही दिन जापानमा युक्रेनको दूतावासले ट्विटर मार्फत “एकसाथ लड्न चाहने मानिसहरूलाई आवेदनका लागि आह्वान गरेको थियो । दूतावास मार्फत भर्नाको जिम्मा पाएको टोकियोस्थित एक कम्पनीका अधिकारीका अनुसार १ गते रातिसम्म जापानबाट ७० जनाले आवेदन दिन प्रस्ताव गरेका छन्। जसमध्ये जापानको सेल्फ डिफेन्स फोर्सका पूर्व कर्मचारी रहेका छन् । आवेदनका लागि प्रस्ताव गर्ने २ जना युवा भने फ्रान्सेली सेनाका पूर्व कर्मचारी भएको पनि बताईएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update