Kath khabar
नबिल र नेपाल बंगलादेश बैंक एक हुने

काठमाडौं, फागुन १८। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार गर्न सहमति पाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभेर एकीकृत कारोबार गर्नको लागि नबिललाई सैद्धान्तिक सहमति दिएको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिललाई यस्तो सहमति दिएको राष्ट्र बैंकले जनाएको छ ।

सैद्धान्तिक सहमति पाएसँगै अबको छ महिना भित्रमा नबिलले एनबीलाई गाभेर एकीकृतरूपमा कारोबार सञ्चालन गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ति गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

प्राप्तिको लागि एनबीको एक सय कित्ता शेयर बराबर नबिलको ४३ कित्ता शेयर हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको थियो । उक्त समय भएको सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो ।


 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update