Kath khabar
भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, फागुन १८। सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update