Kath Khabar
नेप्सेमा ६३ अंकको पहिरो, सबै सूचक रातै

काठमाडौं, फागुन १८ । नेप्सेको उच्च गिरावटले साताको चौथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । नेप्से आज ६३ दशमलव ९८ अंकले घटेर २५ सय ४६ दशमलव ६० अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि ११ दशमलव ५२ अंकले घटेर चार सय ८८ दशमलव ६९ अंकमा खुम्चिएको छ । नेप्सेमा आज  दुई सय २८ वटा कम्पनीहरुको ५५ हजार दुई सय १२ पटकको कारोबारमा ७६ लाख ५२ हजार दुई सय चार कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल तीन अर्ब ६२ करोड ११ लाख ४३ हजार नौ सय ७९ कारोबार भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिभिल बैंक, महुली लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, तेह्रथुम पावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम, अपि पावर लिमिटेड, आदि परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update