Kath khabar
युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द 


टोकियो,फागुन १८। जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ । 

युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो ।  तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए ।

अहिले जापानबाट त्यस तर्फ जान पुरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update