काठमाडौं, फागुन १८ । अबदेखि स्वदेशभित्र एक पटकमा २५ हजार रुपैयाँसम्म मात्र पठाउन पाईने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दे आन्तरिक रेमिटेन्स सिमा तोकिदिएको हो । परिपत्र जारी गर्दे राष्ट्र बैकले भनेको छ, अब प्रति व्यक्ति प्रति कारोबार सिमा २५ हजार रुपैयाँ मात्र कायम गरिएको छ । स्वेदशमा रकम स्थान्तरण गर्ने व्यवस्थामा संसोधन गर्दे यस्तो नीति कार्यान्वयनमा ल्याएको हो ।
यो नीति कार्यान्वयनमा आएपछि राष्ट्र बैंकबाट अनुमती प्राप्त रेमिटेन्स कम्पनी तथा उक्त रेमिटेन्स कम्पनीका सब ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिटेन्सको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन २५ हजार रुपैयाँसम्मको मात्र कारोबार गर्न सक्नेछन् । यसअघि यस्तो कारोबारको सिमा एक लाख रुपैयाँसम्म रहेको थियो, परिपत्रमा भनिएको छ । तर बिदेशबाट नेपालस्थित सम्वन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठएको विप्रेषण रकम नगद मै भुक्तानी गर्न सकिने सिमा भने यथावत राखिएको छ ।