Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन १९ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १९ गते बिहिबार, तदनुसार ई.सं. ३ मार्च २०२२, फाल्गुन शुक्ल प्रतिपदा तिथि

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
जग्गा-जमिन कारोवारमा सफलता मिल्ने। आर्थिक लाभ प्राप्त हुनेछ। साथीभाईको सहयोग प्राप्त हुनेछ।  

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नुका साथै अधुरा कार्य पूर्ण हुनेछन्। मेहेनतको फल प्राप्त हुनेछ भने कार्यक्षेत्रमा बिशेष सफलता मिल्नेछ।   

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यको साथले धनसँग सम्बन्धित सम्पूर्ण समस्या हल हुनेछन्। पैतेक सम्पतिको विवाद समाधान हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुन्छ।  

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक धनलाभको योग छ।  शारीरिक र मानसिक थकान बढ्नेछ । पुरानो रोगले सताउन सक्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जीवनसाथीसँग मतभेद बढ्नेछ। साझेदारी ब्यापारमा केहि मनमुटाव आउन सक्छ। धार्मिक कार्यमा मान जानेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरानो रोगले सताउन सक्नेछ। शारीरिक कष्ट बढ्नेछ भने अत्यधिक व्ययका कारण तनाव बढ्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
सिर्जनात्मक कार्यमा मान जानेछ भने नविन कार्यको प्रारम्भ हुन सक्छ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रामा सफलता मिल्नेछ। धार्मिक क्षेत्रबाट नाम र दाम हासिल हुनेछ। पारिवारिक भेटघाटमा ब्यस्त रहनुपर्ला।  

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरीरमा जोश जाँगरको कमि रहनेछ। रोग र आलस्य बढ्नुका साथै दिनभर भागदौड मै समय खर्च हुनेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीको मद्धतले आय-आम्दानी बढाउनेछ। कुटुम्वसँग मिलन र भेटघाटको अवसर मिल्नेछ। आज नयाँ लगानी गर्न दिन उत्तम छ।  

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहेनत परिश्रम बढेता पनि सफलता हात लाग्नेछ। शत्रु तथा शरीरमा रोग बढेता पनि यहाँको सन्तुलित व्यवहारले दिनको अन्त्यमा सोचे झैं परिणाम मिल्नेछ।  

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पढाईमा खासै मन जाने छैन भने सन्तानबाट कष्ट र निराशा मिल्नेछ। विदेशबाट केहि शुभ समाचार सुन्न पाइनेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update