Kath khabar
नेपाली यूवा प्रताप बस्नेत युक्रेनका लागि लड्ने

काठमाडौं, फागुन १९। युक्रेनमा रहेका एक नेपाली युवा प्रताप बस्नेतले आफू युक्रेनको लागि लड्न गइरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा प्राप्त उहाँको भिडियोमा रुसविरुद्धको लडाइमा युक्रेनको पक्षमा लड्ने उहाँको निर्णय सही भएको बताउनुभएको छ। 'म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु किनकी म युक्रेनमा काम गर्छु, मेरो गाँस र बास पनि युक्रेनमै छ त्यसैले युक्रेनले मेरो सहयोग चाहिएको अवस्थामा साथ दिनु मेरो कर्तव्य हो। म युक्रेनको पक्षमा लड्न गईरहेको छु, यसमा मलाई गर्व छ। युक्रेनको लागि अन्तिम साससम्म लड्नेछु’ उहाँले भन्नुभएको छ ।

रुसविरुद्धको युद्ध लड्न आफू सेनामा भर्ती भएको उहाँले बताउनुभएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update