Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २० । दैनिक राशिफल (वि.सं. २०७८ फागुन २० गते शुक्रबार, तदनुसार ई.सं. ४ मार्च २०२२, फागुन कृष्ण द्धितिया तिथि

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरायसी खर्च बढ्नेछ । यात्रामा बाधा आउनेछ भने नयाँ लगानी गर्नको लागि समय प्रतिकुल छ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिनभर भागदौड र परिश्रम बढ्नेछ भने सोचे अनुसार आय आम्दानी हुनेछैन । शारीरिक थकान बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
सोचविचार गरेर मात्रै लगानी गर्नुहोला । आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । कार्यक्षेत्रमा केहि अवरोध आउन सक्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भाग्यको राम्रो साथ मिल्नेछ । नवीन सिर्जनामा मन जानेछ । छोटो दूरीको धार्मिक धार्मिक यात्राबाट लाभ प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शारीरिक र मानसिक थकान बढ्नेछ भने अधिक खर्चका कारण तनाव बढ्नेछ । स्वास्थ्य पनि खराब रहनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जीवनसाथीको सहयोगमा आय आम्दानी बढ्नेछ । साझेदारी व्यापारमा मुनाफा बढ्नेछ भने जीवनसाथीको स्वास्थ्यमा केही समस्या देखिन सक्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा धेरै संघर्ष गर्नुपर्नेछ । कुरा काट्नेहरु सक्रिय हुनेछन् । उच्च अधिकारीसँग वादविवाद पर्न सक्छ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
पढाई लेखाइमा विशेष सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ । प्रेममा सफलता तथा सन्तान सुख मिल्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
घरायसी कलह बढ्नेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पार्टनरसँग मनमुटाव हुन सक्छ । परिश्रम अनुसारको फल मिल्न गाह्रो छ । स्त्री पक्षबाट हानी हुन सक्छ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
शरीरमा रोग कष्ट र आलस्य बढ्नेछ भने औषधी उपचारमा सञ्चित धन व्यय हुन सक्छ । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सिर्जनात्मक कार्यमा दिन बित्नेछ । पढाईमा रुचि बढ्नेछ भने सन्तान सुख प्राप्त हुनेछ । प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update