Kath khabar
पल शाह प्रकरणमा डा बाबुराम भट्टराईको यस्तो अभिव्यक्ति

काठमाडौं, फागुन २०। जबर्जस्ती करणी र यौन दुर्व्यवहार आरोपमा कलाकार पल शाह पक्राउ परेपछि बलात्कारसम्बन्धी कानुनमाथि बहस सुरु भएको शुरु भएको छ । नेपाली कला क्षेत्र यतिबेला कलाकार पल शाह प्रकरणले तरंगित बनेको छ। एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल शाह केही दिनदेखि प्रहरी हिरासतमा हुनुहुन्छ।

पल शाहलाई हिरासतमा राखेपछि विभिन्न कलाकारहरू अहिले धमाधम खुल्न थोलेका छन् । यो प्रकरणमा कलाकारहरुले आ-आफ्नै धारणा व्यक्त गरिरहेका छन्। उनीहरुले मुलुकी अपराध संहिताले १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो भन्छ। २० वर्षमुनिका बालिकाहरू कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो भनेर पीडितको पक्षमा आफ्ना तर्कहरु राखिरहेका छन्।

यो प्रकरणमा सिने क्षेत्रका रेखा थापा, ऋचा शर्मा ,सञ्चिता लुइँटेल, श्रृङ्खला खतिवडा, दिपकराज गिरी, पुजा शर्मा, प्रियंका कार्की, विनिता बराल, लक्ष्मी बर्देवा, रियाशा दाहाल तथा गायिका एलिना चौहान आदिले आफ्ना तर्कहरु राखेका छन् ।

यो विषयले अब राजनीतिकर्मीहरूको पनि ध्यान खिचेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पीडितको पक्षमा बोल्नुभएको छ। उहाँले भन्नुभएको छ, 'नाबालक किशोरीमाथि बलात्कार जस्तो संवेदनशिल मुद्दामा पनि पीडितप्रती समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक 'मर्दकी दशवटी' भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो' भन्नुभएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update