Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २१ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन २१ गते शनिबार, तदनुसार ई.सं. ५ मार्च २०२२, फागुन शुक्ल तृतिया तिथि

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक यात्राले खर्च बढाउन सक्छ । स्वास्थ्यको ख्याल राख्नुपर्नेछ । व्यर्थको कार्यमा समय, उर्जा र धन खर्च हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिष्ठान्न भोजन प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ तथा धन प्राप्ती हुनेछ । सन्तान र स्त्री सुख मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आज गरेका कार्य सिद्धि हुनेछन् । उच्च अधिकारीबाट साथ र सम्मान मिल्नेछ भने गरेका कामको जस मिल्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा समस्या तथा मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायमा नोक्सानीको सामना गर्नुपर्ला । दिन प्रतिकुल रहनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा अशान्ति बढ्नेछ । स्वास्थ्य बिग्रन सक्नेछ भने शारीरिक कष्ट, रोग साथै आकस्मिक धनहानी हुन सक्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापारीको लागि दिन राम्रो छ । आर्थिक लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ भने यात्रा फलदायी रहनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा प्रसन्नता र मुहारमा चमकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । खर्चमा वृद्धि हुनसक्छ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
लामो यात्रा फलदायी हुने छैन । मनमा अशान्ति तथा पढाईमा अवरोध आउनेछ । आज गरेका कार्य व्यर्थ हुनेछन् ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
मनमा अशान्ति बढ्नेछ । यात्राको अवसर मिल्नेछ भने वादविवाद तथा पारिवारिक कलह बढ्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ वस्त्र, आभूषण तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ । आफन्तको साथ सहयोगले सबै काम बन्नेछन् । प्रतियोगितामा सफलता मिल्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
भागदौड बढेतापनि प्रतिकुल समयका कारण काममा अवरोध आउनेछ । शारीरिक र मानसिक तनाव बढ्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मुहारमा कान्ति छाउनेछ भने भाग्यले पनि साथ दिनेछ । मन प्रसन्न रहनेछ भने दाम्पत्य सुख पनि मिल्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update