काठमाडौं, फागुन २१। जीवित देवी कुमारीको भाइ भनेर पनि चिनिने भैरवका धेरै रूपमध्ये एक आकाश भैरव पनि हो। नेवार समुदायको एक महत्वपूर्ण देवता भने आकाश भैरवलाई मानिन्छ। ‘आकाशका देवता’ मानिने यस हिन्दु देवतालाई काठमाडौंका धेरै मन्दिरहरू समर्पित गरिएको छ। इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ । इन्द्रचोकको मुख्य बजारको बिचमा रहेको तीनतले मन्दिर काठमाडौं उपत्यकाको पुरानो मन्दिरमध्ये एक हो र यसमा इन्द्रजात्रा पर्वमा एक सातासम्म बाहिर देवताको विशाल मूर्ति राखिएको हुन्छ ।
यो देवताको टाउको सयौं वर्षअघि काठमाडौंमा खनेर अहिले इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमा रहेको हो भनेर मानिने गरिन्छ र इन्द्रजात्रामा हरेक वर्ष सोही मुर्ति निकालिने गरेको जनाइएको छ । आकाश भैरव वा आकाशको देवतालाई नेवारी भाषामा सावभक्कु देव ( savabhakku deva) वा वाङ्गा देव पनि भनिन्छ। भैरवलाई नेवार समुदायको प्रमुख देवता मानिन्छ, त्यसैले हरेक नेवारी बस्तीमा कम्तीमा एउटा भैरवको मन्दिर हुन्छ ।
भैरवलाई भगवान शिवको सबैभन्दा खतरनाक स्वरूप, उहाँको विनाशकारी अंगको रूपमा पनि चिनिन्छ। उहाँको मन्दिर रहेको बस्तीको समुदाय वा स्थानीय देवताको रूपमा मानिने भएकाले, मानिसहरूले कुनै पनि नयाँ काम वा समारोह सुरु गर्नु अघि भैरवलाई पूजा गर्ने गर्छन्।