Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २२ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन २२ गते आइतबार, तदनुसार ई.सं. ६ मार्च २०२२, फागुन शुक्ल चतुर्थी तिथि

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरायसी सुख मिल्नेछ । पराक्रम बढ्नेछ भने अपुरो काम पूर्ण हुनेछन् । परिवार तथा साथीभाईको सहयोग प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज गरेको परिश्रम व्यर्थ खेर जानेछ । व्यर्थको यात्राले उजा, समय र धन खर्च हुनेछ । शत्रु वृद्धि हुनेछन् ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धन मानसम्मान प्राप्त हुनेछ । पुरानो मित्रसँग भेट हुनेछ । मिष्ठान्न भोजन तथा आकस्मिक धनलाभ हुनछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पराक्रम बढ्नेछ भने नयाँ कार्य प्रारम्भ गर्न दिन शुभ छ । नोकरीमा पदोन्नती हुनेछ भने राजनीतिमा केहि मनमुटावर वादविवाद उत्पन्न हुन सक्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक यात्रा हुन सक्नेछ । सामाजिक कार्यमा समय र धन खर्च हुनेछ । भागदौड बढ्नाले शरीरमा थकान बढ्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शरीरमा रोगले सताउनेछ । औषधी उपचारमा धन खर्च हुनेछ । काममा वाधा अवरोध सिर्जना हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । नाम, मानसम्मान, इज्जत बढ्नेछ । गरेका कार्य सफल हुनेछन् भने मनग्य धन हात लाग्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको भरोसामा बस्दा काम बिग्रने तथा काममा ढिलासुस्ति हुने देखिन्छ । यात्रामा हानी शरीरमा रोग र कष्टको सामना गर्नुपर्ला ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
सन्तानबाट जस पाइने छैन । पढाईमा रुचि कम तथा यात्रामा कष्ट र असफलता हात लाग्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारबाट मनग्य लाभ हुनेछ । भूमि, भवन, वाहन क्रय गर्नको लागि दिन शुभ छ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
दिनभर भागदौडले गर्दा समय र उर्जा खेर जानेछ । सोचेजस्तो सफलता प्राप्त नहोला । रोगले पनि सताउन सक्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यहाँको सिर्जनाले उचित सम्मान पाउनेछ । धन र ज्ञान वृद्धि हुनेछ । पैतृक सम्पत्ति सम्बन्धी वादविवादमा सफलता मिल्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update