Kath khabar
बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन : अब देखि १० केजीसम्म मात्र सुन आयात गर्नुहोस्


काठमाडौं, फागुन २२ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सुनको दैनिक आयात कोटा १० केजीमा सीमित राख्न निर्देशन दिएको छ। आइतबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा हालको लागि १० केजीमा सीमित राख्ने निर्देशन दिएको हो । यसअघि भने दैनिकरूपमा २० केजीसम्म सुन आयात गर्न सकिने व्यवस्था रहेको थियो ।

वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र अन्य निकायहरूको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ। विदेशी विनिमय नियमित गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन गर्दे विदेशी विनिमय (नियमित गर्ने) २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा कटौती गरिएको हो ।   


 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update